बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड
बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेको छ । यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति सङ्क्रमित भएका समाचारमा उल्लेख छ ।
बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । बेलायतमा बुधबार मात्र १४९ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ ।
पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण