काउन्टडाउन टू महाधिवेशन (फोटोफिचर)
नारायणी किनारमा अहिलेसम्म हुस्सु हटेको छैन । तर एमाले नेता कार्यकताहरु महाधिवेशनको उद्घाटनका लागि नारायणी नदी किनारमा पुग्ने क्रम जारी छ । महाधिवेशनको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा शुक्रबार बिहानैदेखि मानिसहरुको चहलपहल सुरु भएको छ । देशका विभिन्न स्थानबाट महाधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ताहरुको उपस्थिति हुने क्रम सुरु भएसँगै नदी किनारमा चहलपहल बढेको हो ।

महाधिवेशन स्थलमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै बिहीबार रातिदेखि नेता तथा कार्यकर्ता आउने क्रम सुरु भइसकेको छ । उनीहरु विभिन्न नारा लगाउँदै महाधिवेशन स्थलमा जम्मा भइरहेका छन् । महाधिवेशनमा आएका सवारीहरूलाई व्यवस्थित गर्ने काम ट्राफिक प्रहरीले गरिरहेको छ । महाधिवेशनलाई लक्षित गरेर चितवनका विभिन्न स्थानको खुल्ला ठाउँलाई पार्किङ स्थल बनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले महाधिवेशनमा आएका सवारीहरूलाई निश्चित क्षेत्रमा मात्र पार्किङ गर्ने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वी क्षेत्रबाट महाधिवेशनका लागि आएका सवारी साधन पारस बस पार्कमा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै पश्चिम क्षेत्रबाट आएका सवारी साधनलाई गैडाकोट तर्फको नारायणी नदी किनारमा र काठमाडौं तर्फबाट आएका सवारी साधनलाई आपटारी क्षेत्रमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । तोकिएको पार्किङ क्षेत्रमा सवारी साधन पार्क गरेर मानिसहरु हिँडेर महाधिवेशन स्थलसम्म आउनु पर्नेछ । अन्य सवारी साधनलाई पनि थप सहजताका लागि वैकल्पिक मार्गको पहिचान गरी प्रयोगमा ल्याइएको छ ।



































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण