रेल सञ्चालनको माग गर्दै जनकपुरधाममा आन्दोलन
रेल्वे सेवा तत्काल सञ्चालनको माग गर्दै धनुषामा स्थानीयवासीले प्रदर्शन गरेका छन् । महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।
रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो । स्थानीय मनोजकुमार साहको अगुवाईमा रेल सञ्चालनको मागसहित आन्दोलन भएको हो । साहले सीताराम विवाहपञ्चमी अघि नै रेल्वे सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताए ।

यसैबीच प्रदेश २ को प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विवाहपञ्चमी महोत्सव अगावै जनकपुरधाम–जयनगर रेल्वे सञ्चालन गर्नुपर्ने माग गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै लोसपा नेपालका नेताहरुले रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । लोसपाका कार्यकारिणी समिति सदस्य बृषेशचन्द्र लालले रेल सञ्चालन नहुँदा जनकपुरधामको आर्थिक विकासमा पनि बाधा पुगेको बताए ।
लोसपाका नेता उमेश मण्डलले धार्मिक पर्यटन र जनकपुरको अर्थतन्त्र बढाउन रेल सेवाले सकारात्मक भूमिका निर्वाह गर्ने भन्दै अविलम्ब सञ्चालन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण