नेताहरु जाममा फसेपछि एमाले केन्द्रीय कमिटी बैठक प्रभावित
शुक्रबार, १० मङ्सिर २०७८, ०३ : ००
नेकपा एमालेका नेताहरु ट्राफिक जाममा फसेपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । नारायणगढदेखि सौराहासम्मको सडकमा ट्राफिक जाम भएपछि केन्द्रीय कमिटी बैठक प्रभावित भएको हो । ट्राफिक जाममा फसेपछि एमालेका सबै नेताहरु बैठकस्थलमा आइसकेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकस्थलमा आइपुगेका छैनन् ।
चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्दैछ । अहिले नेताहरु आउने क्रम जारी छ । भोलिबाट बन्द सत्र सुरु हुनेछ । यो ९ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण