युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई
युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी थिए ।
विभिन्न संघ, संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका पत्रकार बास्तोला राष्ट्रिय समाचार समितिमा आबद्ध छन् । युआरएलको ८ औं वार्षिकोत्सवमा मङ्सिर २३ मा हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।
स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरू ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण