एकै स्टेजमा ४ विजेता घोषित
एकै स्टेजमा ४ विजेता छानिएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल–२०२१’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा ‘लिटिल प्रिन्स इन्टरनेशनल’ जुनियरतर्फ रिदम नेपाल विजेता बने । यहि प्रतियोगितामा फष्ट रनर्सअप एलेक्स महर भए भने सेकेन्ड रनर्सअप एलिस अर्याल भए ।
‘लिटिल प्रिन्सेस इन्टरनेशनल’ जुनियरतर्फ आयु खत्रीले शीर्ष उपाधि चुमिन् भने सरल्या बज्राचार्य फष्ट रनर्सअप तथा आरोही खरेल सेकेन्ड रनर्सअप बनिन् । ‘लिटिल प्रिन्स इन्टरनेशनल’ सिनियरतर्फ स्पन्दन त्रिपाठी शीर्ष विजेता बन्दा फष्ट रनर्सअप शुभम थापा र सेकेन्ड रनर्सअप दिब्भ्यान्स आर्याल भए ।
टिन प्रिन्सेस इन्टरनेशनलतर्फ कृषा खड्की विजेता भइन् । यहि प्रतियोगितामा प्रसन्सा आचार्य र विभूति बस्नेत क्रमश फष्ट रनर्स अप तथा सेकेन्ड रनर्सअप छानिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री सञ्चिता लुईटेल, निर्देशक दीवाकर भट्टराई, व्यवसायी रोजी खुसी पाठक, गीतकार निलिमा मास्के श्रेष्ठ निर्णायक रहेका थिए । ९ बर्षदेखि १५ बर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्धेश्यले आयोजित प्रतियोगिताको कोरियोग्राफी राज फैंजुले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण