जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि : अध्ययन
सोमबार, १३ मङ्सिर २०७८, १२ : १३
जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र बृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि भएको देखाएको हो ।
नेचर कम्युनिकेसनमा प्रकाशित सो अध्ययनले यसअघि भएका डढेलोका विभिन्न आठ ओटा क्षेत्रको विश्लेषण गरेको थियो । डढेलोको मौसम लम्बिएको र जंगलको आगो तसमानियाको दक्षिणी टापुको जंगलमा मात्र सीमित नभएर देशको उत्तरपश्चिमस्थित क्विन्सल्यान्डको उष्ण क्षेत्रमा पनि फैलिएको जनाइएको छ ।
‘हामीले डढेलो लागेका आठ ठाउँको अध्ययन गरेका छौं’, डढेलोको मुख्य कारक जलवायु परिवर्तन देखिएको छ,’ सीएसआइआरओका वैज्ञानिक पेप क्यान्डेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण