राष्ट्र बैंकको सर्कुलर : तोकियो पहिलोपटक चाँदीमा कोटा
नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने गरि नयाँ सर्कुलर जारी गरेको छ । सोमबार बेलुका सूचना जारी गर्दै केन्द्रीय बैंकले कच्चा चाँदीको आयातदेखि अन्य बस्तुको आयातमा समेत कोटा तोकेको हो । पहिलो पटक केन्द्रीय बैंकले चाँदीको आयातमा कोटा प्रणाली लागू गरेको छ ।
बैंकद्वारा जारी सर्कुलरअनुसार अब चाँदी एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको मात्र आयात गर्न पाइनेछ । बैंक ग्यारेन्टी मार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण गरी निर्यात गर्ने प्रयोजनका लागि स्वयम् आयात गर्न सक्नेछन् ।
साथै, राष्ट्र बैंकले बैंक ग्यारेन्टी मार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सीमित गरेको हो ।
यस्तै, बैंकले विद्यमान तरलता संकटको समस्या समाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने नीतिमा समेत सहजीकरण गरेको छ । केन्द्रीय बैंकले यस अघिसम्म गैर आवासीय नेपालीले न्यूनतम १० हजार अमेरिकी डलरमा न्यूनतम २ वर्षको लागि मात्र मुद्दती खाता खोल्न पाउने सीमालाई संशोधन गर्दै कम्तीमा १ वर्षको लागि ५ हजार अमेरिकी डलरसम्म खाता खोल्न पाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण