काँग्रेस भक्तपुरको सभापतिमा देउवा निकट दुर्लभ थापा निर्वाचित
मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ००
नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए ।
सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए ।
उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का विजयी भए । सहसचिव पदमा सभापति थापा समूहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण