काँग्रेस भक्तपुरको सभापतिमा देउवा निकट दुर्लभ थापा निर्वाचित
मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ००
नेपाली काँग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए ।
सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए ।
उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन् । सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का विजयी भए । सहसचिव पदमा सभापति थापा समूहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’