जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते
मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : २०
म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरे । गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।
दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण