काँग्रेस महाधिवेशन : बागलुङ सभापतिमा देउवा निकट शेरचन विजयी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागलुङ सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन । उनी ८७३ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी जगदिश चन्द्र उपाध्यायले ७६८ मत पाएका थिए ।
शनिबार भएको मतदानमा तीन जना उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण कम मत पाएका दोर्ण कुँवर निर्वाचनबाट बाहिरिएका थिए । निर्वाचित शेरचन संस्थापन पक्षका नेता हुन । उनी यस अघिको अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । पराजित उपाध्याय नेता रामचन्द्र पौडेलले निकटका नेता हुन् ।
उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल विजयी भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरेका छन । सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भएका छन । शर्माले ९०८ र अधिकारीले ७०७ मत पाएका छन् ।
यस्तै सहसचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी भएका छन । सचिवमा विजयी गण्डकी थापा अधिकारी संस्थापन पक्षकी हुन भने सह–सचिवमा निर्वाचित फम बहादुर पनि संस्थापन पक्षका हुन् । अन्य बहुमत पदाधिकारी र सदस्यहरु पौडेल पक्षले जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण