फिल्म निर्देशक तीर्थ थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा, कलाकर्मीले दिए ढाडस
फिल्म निर्देशक तथा नेपाल संस्कृति संघका अध्यक्ष तीर्थ थापाले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापाले आफ्नो हकहितका लागि कलाकर्मीले अब राजनीतिमा आउनुपर्ने देखिएकोले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।
‘हामी कलाकर्मीले राजनीति गर्नु हुँदैन, हाम्रा हक–अधिकारका लागि बोल्नु हुँदैन, हामी राष्ट्रका गहना हौं भन्दा भन्दै आज जुग वितेको छ,’ थापाले भने, ‘राज्य र राजनीतिक दलले हामीलाई प्रयोग मात्र गरेको कारण आफ्नो हकहधिकारको लागि राजनीतिमा सक्रिय हुन परेको छ ।’
कलाकर्मीबारे सुन्दा र हेर्दा जति राम्रो देखिएपनि ५० वर्ष कला क्षेत्रभित्रका व्यथा र कठिनाइ वास्तवमै दर्दनाक हेरेको उनको भनाइ छ । थापाले सांस्कृतिककर्मी, कवि, कलाकार, नृत्यकार, चित्रकार, संगीतकर्मी, गायक, लेखक लगायतलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा अवमूल्यन गरेको आरोप लगाए । ।
उनीहरुलाई राज्यको प्रथम नागरिक सरह सांसदमा समेत उपस्थिति गराउन, सम्मान, सुरक्षा र पहिचान प्रदान गर्न काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।
बिगत १५ देखि साँंस्कृति संघको सभापति भएर बसे पनि पार्टीले आफू र संघका साथीहरुलाई उचित स्थान दिन नसकेको गुनासो थापाले पोखे । ‘पार्टीभित्र मात्र होइन, राज्यका कुनै तह–तप्कामा समेत हाम्रो प्रतिनिधित्व हुन सकेको छैन,’ थापाले अगाडि थपे, ‘हाम्रो नाममा राजनीतिक दलले धेरै फाइदा लुटेका छन् । सबैलाई सचेत गरेर हकहितका लागि लड्न समेत काँंग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी हो ।’
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी तीर्थ थापा एक्लैको नभएर सम्पूर्ण कलाक्षेत्रको भएको बताए । ‘म नेकपा एमालेमा आवद्ध छु । तर काँग्रेस केन्द्रीय सदस्या उम्मेदवारी दिन लागेको तीर्थ थापालाई साथ र सपोट छ,’ खड्काले भने, ‘उहाँ उठ्नु भनेको काँग्रेसमा सम्पूर्ण कलाकर्मीको प्रतिनिधित्व हुनु हो ।’
खड्काले थापाले आवश्यक ठाने महाधिवेशनमा सम्पर्ण कलाकार उतारेर उनका लागि भोटको अपिल गर्न समेत आफू तयार रहेको सुनाए । उनलाई साथ र समर्थन गर्नका नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, नायक कृष्ण मल्ल, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत थुप्रै कलासँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उपस्थित अधिकांश कलाकर्मीले थापाको नेपाली काँग्रेसको केन्द्रीय सदस्य उम्मेदवारी सम्पुर्ण कलाक्षेत्रको प्रतिनिधित्वको रुपमा चर्चा गरेका थिए । तीर्थ थापा नेपाली फिल्मका पुराना निर्देशक हुन् । रंगमञ्चको नाटक अभिनय हुँदै फिल्मको निर्देशक बनेका थापाले ‘अन्जुली’, ‘आन्दोलन’ लगायतका आधा दर्जन फिल्मको निर्देशक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण