१६ वर्षीया किशोरीलाई बनिन् एक दिनको लागि गापा अध्यक्ष
किसन साह
सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ। स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ वर्षकी अञ्जली कुमारी साहलाई उक्त गाउँपालिको अध्यक्षको पदमा एक दिनको लागि नियुक्त गरिएको हो।
"सामान्य अवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार) एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका थिए । बालबालिकाको नेतृत्व विकास र बाल सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उनलाई पदको जिम्मेवारी दिइएको हो । 'जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण व्यक्तिलाई एक दिनको लागि यस किसिमको जिम्मेवारी दिइएको छ । यसअघि कुनै पनि पालिका तथा निकायले यस्तो गरिएको थिएन,' गापा अध्यक्ष रायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण