‘एक्स ९’ मा सुधांशु
बुधबार, १५ मङ्सिर २०७८, ११ : ००
अभिनेता सुधांशु जोशी फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । फिल्म ‘एक्स ९’ मार्फत उनले अभिनयमा कमब्याक गर्न लागेका हुन् । ‘एक्स ९’ सुधांशु कलाकारको रुपमा रहने निर्देशक मुकुन्द भट्टले जानकारी दिए । सुधांशुले विषालु, रणभूमि, हत्या लगायतका करिब दर्जन फिल्म अभिनय गरेका छन् ।
अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने बताइएको फिल्ममा सुधांशु पनि मुख्य भूमिकामा देखिनेछन् । फिल्ममा बलिउड नायक सुनिल सेट्टीको नेगेटिभ भूमिकामा अभिनय रहनेछ ।
युरोपका र अमेरिकाका विभिन्न स्थानमा छायाङ्कन हुने बताइएको फिल्मका कार्यकारी निर्माता निर्मलकुमार मिश्र हुन् । वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको लगानी रहने फिल्म आगामी फेब्रुअरीबाट फ्लोरमा निस्कने तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण