बुधबार ११ इजलास गठन, मीरा खड्का र कुमार चुडाल एकल इजलासमा
गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् । बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् ।
बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठकै मेलमिलापसम्बन्धी संयुक्त इजलास परेको छ ।
त्यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग वमकुमार श्रेष्ठको संयुक्त इजलास परेको छ । त्यस्तै न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।
मेलमिलापको एउटा रिटमा आदेश संशोधन गर्ने प्रयोजनको रिट भएकाले दुईजना न्यायाधीश दोहोरिएका छन् । बुधबारका लागि १८ जना न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण