काँग्रेस धनकुटा सभापतिमा राई विजयी, पदाधिकारीमा देउवा पक्षको बर्चस्व
बुधबार, १५ मङ्सिर २०७८, १२ : ०८
नेपाली काँग्रेस धनकुटा सभापतिमा दिनेश राई विजयी भएका छन् । देउवा पक्षीय राईले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गरेका हुन् । बुधबार बिहान सार्वजनिक मतपरीणामअनुसार राईले ५०४ मत प्राप्त गर्दा फागोले ४७० मत मात्रै पाए । उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझा ४३० मतसहित विजयी भएका छन् । डंगोल देउवा पक्षका हुन् भने ओझा पौडेल पक्षीय नेता हुन् ।
सचिवमा देउवा पक्षका विजय सन्तोषी राई ६२६ र जयन्द्र घिसिङ ४३९ मत प्राप्त गरी विजयी भए । सहसचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजा दाहालले ४६६ मत प्राप्त गरेर विजयी भएका छन् ।
सदस्य र संघीय महाधिवेशन प्रतिनिधिका भएको मतदानको मतगणना जारी रहको र बुधबार साँझसम्म नतिजा आउने निर्वाचन समितिका सदस्य खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण