फर्कियो सेयर बजार तर कारोबार बढ्न सकेन
बुधबार, १५ मङ्सिर २०७८, १५ : ३५
लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो ।
गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो । यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।
५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । यस दिन होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक ऋणात्मक भएका छन् भने अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण