फर्कियो सेयर बजार तर कारोबार बढ्न सकेन
बुधबार, १५ मङ्सिर २०७८, १५ : ३५
लगातारको गिरावटसँगै चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा उक्लिएको हो ।
गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एकसय अंक बढीले गिरावट आइसकेको थियो । तर, उक्त ओरालो यात्रालाई चिर्दै बुधबार नेप्सेमा ५ अंक माथिको सुधार आएको हो । यद्यपि, सूचक बढ्दै गर्दा आज यता कारोबार रकम भने घट्न पुगेको छ ।
५.२८ अंकले बढेको बजारमा आज जम्मा २ अर्ब ७४ करोड २० लाखका मात्र कारोबार भएको छ । जबकी गत मंगलबार १.६४ अंकले घटेको बजारमा तीन अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । यस दिन होटल तथा पर्यटन, जीवन÷निर्जीवन बीमा र माइक्रोफाइनान्सको उपसूचक ऋणात्मक भएका छन् भने अन्य सबै उपसूचक धनात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
-
एआईयुक्त क्यामरा भएको ईयरबड्स ल्याउँदै मेटा
-
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे
-
म्याथ्यू हेडेन भन्छन्- ‘आईपीएलमा धोनीले खेलाडीको भूमिकामा अन्तिम खेल खेले’
-
सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सडकदेखि सदनसम्म मोर्चाबन्दी गरिने
-
सुर्खेतको कटकुवामा मिनिबस दुर्घटना : दुई जनाको मृत्यु