बुढानिलकण्ठबाट ४४ लिटर रक्तचन्दनको तेलसहित २ जना पक्राउ
बुढानिलण्ठ नगरपालिका–५ स्थित पञ्चकन्या मन्दिर नजिकैबाट प्रहरीले रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २७ वर्षीय रामकुमार खत्री र पोखरा घर भएका ४० वर्षीय गंगाबहादुर पुन छन् ।
उनीहरुलाई ४४ लिटर प्रतिबन्धित रक्तचन्दनको तेलसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । भारतबाट नेपालगञ्जको बाटो हुँदै उनीहरुले रक्तचन्दनको तेल काठमाडौंमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो तेल चिनमा महङ्गोमा बिक्री हुने आश्वासन देखाएर उनीहरुले बेच्न खोजेका थिए ।
सादा पोसाकमा खटिएका प्रहरीलाई प्रतिलिटर ३ लाखमा बेच्नेगरी डिल मिलेपछि उनीहरु पक्राउ परेका हुन् । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाइने एसएसपी खापुङले बताए ।
महाशाखाले मंसिर १० मा पनि तिलगंगाबाट ३३ लिटर रक्तचनन्दनको तेल सहित १० जनालाई पक्राउ गरेको थियो । त्यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौंले पनि मंसिर १४ मा ४ लिटर रक्त चन्दनको तेल सहित सिन्धुपाल्चोकका छिरिङ शेर्पालाई पक्राउ गरेको थियो । यसअघि काठ र धुलो बनाएर चीनतर्फ रक्तचन्दन तस्करी हुने गरेको थियो । अहिले तेल बनाएर तस्करी हुन थालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

