मेलम्चीमा बाघ आतंक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।
एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ‘ज्यामिरेलगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ ।’
स्कुल जाने ससाना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । विद्यार्थी सुजन भण्डारीले गुनासो गरे, ‘बाघ कतै लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न डर लाग्छ ।’
स्थानीय अहिले दिगो समाधानको लागि स्थानीय तहलगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमलबहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने र दिगो समाधानका लागि पनि पहल गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए