मेलम्चीमा बाघ आतंक
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।
एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ‘ज्यामिरेलगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ ।’
स्कुल जाने ससाना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । विद्यार्थी सुजन भण्डारीले गुनासो गरे, ‘बाघ कतै लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न डर लाग्छ ।’
स्थानीय अहिले दिगो समाधानको लागि स्थानीय तहलगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमलबहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने र दिगो समाधानका लागि पनि पहल गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण