ट्विटरले बन्द गर्यो चीन र रसियासहित ६ देशको ३५०० अकाउन्ट
ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरुको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ ।
चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको नरसंहार गरेको आरोप लाग्दै आएको छ । विज्ञहरुका अनुसार १० लाख भन्दा उइगुरलाई विभिन्न शिविरमा राखिएको छ । उइगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।
चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ । बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ ।
चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ ।
त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ । त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण