ठमेलमा दर्शक नचाउन इन्डियन–अमेरिकन र्यापर नेपालमा (तस्बिरहरु)
शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ०८
इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी शुक्रबार नेपाल आएकी छन् । ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आएकी हुन् । शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई हिन्दी तथा अंग्रेजी गीतमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ ।
अमेरिकन र्‍यापर विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी उनी पछिल्लो समय ग्रामी अवार्डको छनोटमा समेत परेकी थिइन्। क्लब फरेनहाइटको कन्सर्ट लगत्तै उनी दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण