बागमती काँग्रेस अधिवेशन: निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी मतदान सुरु
निर्धारित समय भन्दा ६ घण्टा ढिलो गरी नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनको मतदान सुरु भएको छ । निर्वाचनको कार्यतालिका अनुरूप बिहान १० बजेबाट हुनुपर्नेमा मतदान अन्तिम उम्मेदवारी नामावली र मतपत्र छपाइमा ढिला हुँदा मतदान निर्धारित समय भन्दा ढिला गरी सुरु भएको हो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता केशवप्रसाद काफ्लेका अनुसार मतदाताले रातिको १० बजे सम्ममा मतदान कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेन दास प्रधान र जगदिश्वर नरसिंह केसीको उम्मेदवारी परेको छ । उहाँहरूको प्यानल घोषणा सँगै चुनावी मैदानमा रहेका छन् ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री, सदस्यहरूमा प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेसीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसङ्ख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको प्रदेश समिति निर्वाचित गर्नेछ । बागमती प्रदेशमा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ सय २४५ जना, प्रदेश प्रतिनिधि ८६७ जना र केन्द्रीय सदस्य १६ जना गरी दुई हजार १३७ जना मतदाता रहेका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण