मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेखाको आलोचना गर्नेलाई दीपकको जवाफ

शनिबार, १८ मङ्सिर २०७८, १९ : ४६
शनिबार, १८ मङ्सिर २०७८

कलाकार दीपक राज गिरी आफ्ना मनमा लागेका कुरा निर्धक्क राख्नका लागि चिनिन्छन् । आफ्नो बोलीका कारण उनी बेलाबेला विवादमा नआएका पनि होइनन् । तर पनि उनी आफूलाई लागेको कुरा व्यक्त गर्न हिच्किचाउँदैनन् । पछिल्लो समय हट केक बनेको राप्रपा महाधिवेशनमा नायिका रेखा थापाको उम्मेदवारी र उनीबारे भइरहेको टिप्पणीबारे पनि गिरीले आफ्नो धारणा राखेका छन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्री पदमा उम्मेदवार रहेकी थापा गणतन्त्रको पक्षधर भएर राजावादी पार्टीमा लागेको भन्दै आलोचना भइरहेको छ । अध्यक्षका दाबेदार रहेका कमल थापाले समेत उनको गणतन्त्रप्रतिको पक्षधरतामाथि प्रश्न उठाएका छन् । कमल थापा खेमा रेखाको आलोचनामा उत्रिएपछि गिरीले आफ्नो समकक्षी कलाकारको समर्थनमा उत्रिएका छन् । यसबारे गिरीले यसरी आफ्नो कुरा राखेका छन् :

आज म लेख्दै छु ……

राप्रपा को चुनाव मेरो लागि लुतो न कनाइ हो 

कलाकार रेखा थापा को उम्मेदवारी र यस सम्बन्धमा भएका बहसबाजी को बारेमा  केही लेख्न मन लाग्यो, केही उठेका प्रश्न हरू …

१)गणतन्त्रवादी रेखा कसरी राप्रपा? 

काँग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन्, अब उनीहरू काँग्रेस वा एमाले हुन वा होइनन् ?

त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ……न रेखा त्यसमा पर्छिन् कि ?

२) रेखा थापा लाई कुन्ती शाह जी ले “राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन ” भन्नु भएछ 

, कसले भन्यो तपाईंलाई फिल्म खेल्न सजिलो छ भनेर… एकचोटी ट्राई गरेर हेर्नुहुन्छ ? क्यामरा अगाडि तपाईंको पसिना छुट्ने छ !!

संसारका सबै काम आ आफ्नो ठाउँमा गाह्रै नै हुन्छ 

त्यसैले कुनै पेसा लाई सजिलो ठान्ने काम नगरौँ 

हुनत: राप्रपा ले मेरो सिद्धान्त र बिचार लाई प्रतिनिधित्व गर्दैन तथापि , मैले यो बोल्नै पर्छ एउटा कलाकार लाई चुनाव जित्न का लागि सधैँ दलहरूले प्रयोग गर्दै आइरहेको र उनीहरूलाई कुनै पनि महत्त्वपूर्ण जिम्मेवारी वा पदहरू वाट वञ्चित गरिदै आइएको छ, यस्तो परिप्रेक्ष्यमा रेखा थापाले महामन्त्री जस्तो महत्त्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु लाई मैले एक कलाकारको हिसाब ले स्वागत योग्य ठान्दछु र शुभकामना पनि दिन चाहन्छु !! 

तैँले सक्दैनस्, यो तेरो काम होइन , तेरो अनुभव छैन …यी शब्दहरू तिनले प्रयोग गर्छन् जो आफै असक्षम छन् !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप