केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो
क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन् । यस दौरान अमिताभले कयौँ रोचक किस्सा पनि सुनाएका थिए । केहीबेर उनी भावुक पनि बनेका थिए ।
दुई दशकको यात्रामा कार्यक्रमले नयाँ आयाम हासिल गर्न सफल भएको छ । कार्यक्रमको यात्रालाई निर्माताले एक भिडियो मार्फत दर्शकसँग साझा गरेका थिए । यसलाई देखेर अमिताभ निकै भावुक बने। यति मात्र होइन उनले कार्यक्रममा होस्ट बन्नु पछाडिको आश्चर्यजनक कारण पनि सुनाए । उनले भने,'जब म फिल्मबाट टिभीतर्फ आउँदै थिएँ, धेरैले मलाई यस्तो नगर्न सुझाव दिए ।'
'यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो । तर त्यो बेला मेरा केही मजबुरीहरू थिए । मैले फिल्ममा काम पाइरहेको थिइनँ । त्यही भएर म टिभीमा आउनुपर्यो । तर पहिलो पटक कार्यक्रम प्रसारण भएपछि जस्ता प्रतिक्रियाहरू आए, त्यसले मलाई पुरै दुनियाँ नै बदलिएको जस्तो लाग्यो,' उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण