शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै रियल
आइतबार, १९ मङ्सिर २०७८, ०७ : २९
रियल सोसिसाडलाई हराउँदै रियल म्याड्रिडले स्पेन ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा रियल २-० गोल अन्तरले विजयी बनेको हो ।
रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा घाइते बनेका करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका लुका जोभिचले खेलको ४७ औँ मिनेटमा भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरे भने ५७ औँ मिनेटमा उनले आफै गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।
जीतसँगै रियलले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । १६ खेलबाट रियलको ३९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सेभियाले भिल्लेरियाललाई १-० ले गोलले पराजित गर्यो । उता, साबिक विजेता एथ्लेटिको म्याड्रिड भने मायोर्कासँग १-२ गोलले पराजित बन्यो । पराजयपछि एथ्लेटिको चौथो स्थानमा खस्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण