सुन तस्करलाई सघाएको आरोपमा विमानस्थलबाट प्रहरी जवान पक्राउ
सुनको ‘बाला’ तस्करलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।
जवान केसी पूर्वलडाकु हुन् । ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए । अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ ।
विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो ।
भन्सारमा सुरक्षा जाँच कडाई गरिएको थियो । त्यसैदिन ताप्लेजुङ घर भएका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै आफुले लिए । अनि, दुर्गाधन सहजै भन्सारबाट बाहिरिए ।
सो सुन दुर्गाधनको आफ्नो थिएन । उनलाई विदेशमा विमानस्थलमा भेटिएका अपरिचित मान्छेले ‘भरिया’ बनाएर पठाएका थिए । विमानस्थलको पार्किङमा सुन तस्करी समूहका एजेन्ट दुर्गाधनलाई कुरेर बसेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसन्धान अधिकारीहरुले सिसिटिभी जाँच गर्दा केसीले सुन लिएको देखिएको छ ।
सो सुन बरामद गरिएको त्रिभुवन विमास्थल सुरक्षा कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण