उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति गरेका छौं : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्र आगामी उपनिर्वाचनसम्म तालमेल गरेर जाने लिखित सहमति भएको दाबी गरेका छन् । यो देशमा गठबन्धनको संस्कार बसेकाले यो तालमेल आगामी चुनावसम्म नटुटनेमा ठुक्क हुन अध्यक्ष नेपालको आग्रह छ ।
विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीसँग उनले भने, ‘गठबन्धन भित्रका दल आगामी उपनिर्वाचनसम्म चुनावी तालमेल गरेर अगाडि जाने लिखित सहमति भइसकेको छ ।’ गठबन्धनको सरकार निर्माण हुने अवस्था देखिएका धेरै स्थानमा सम्भव भएका सिटहरुमा दाबा गर्नुपर्छ भन्नेमा हाम्रो निष्कर्ष रहेको छ ।’ मिलेरै जाँदामात्र देशमा अब गठबन्धनको सरकार बन्नेपनि अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले ०७४ सालको चुनावमा गठबन्धन गरिएको स्मरण गर्दै प्रश्न गरे, यतिबेला दलहरुले तालमेल गरेर चुनावमा होमिदा ठिक हुने तर अहिले यही तालमेल गरेर चुनावमा जाने भन्दा नाजायज हुन्छ ? भने प्रतिप्रश्न समेत गरे । अध्यक्ष नेपालले अर्ली इलेक्सनको सम्भावना भने अहिलेनै नभएको बताए । प्रमुख प्रतिपक्ष एमालेप्रति लक्षित गदै अध्यक्ष नेपाललले भने, ‘आजै चुनाव हुन्छ र पार लगाउँला भनेर कसै–कसैले सपना देखेका छन् ।’ त्यो विपनामा परिणत हुने अवस्था छैन ।’
अध्यक्ष नेपालले न्यायलयभित्र देखिएको समस्या सावधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गरी रहेको बताए । तर प्रधानमन्त्री देउवा पार्टीको महाधिवेशनका कारण आन्तरिक काममा ब्यस्त हुँदा न्यायलयको समस्या सावधान गर्ने बारेमा विलम्ब हुन गएको बताए । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलहरुबीच अहिलेसम्म छलफल नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण