‘लक्का जवान’ वैशाखमा प्रदर्शनमा आउने
मङ्गलबार, २१ मङ्सिर २०७८, ११ : १९
हास्य कलाकार शिवहरी पौडेलको निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । फिल्मको वैशाख २३ गते रिलिज मिति तय भएको निर्माण युनिटले जनाएको छ । कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन ।
पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा अन्सुया श्रेष्ठको अलवा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण