साउथ सुपरस्टार विजयको वसन्तपुरमा ‘भागदौड’
मङ्गलबार, २१ मङ्सिर २०७८, १९ : १६
दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी अहिले काठमाडौँमा छन् । हिन्दी वेब–सिरिज ‘फेक’ सुटिङका लागि उनी गत शनिबार नेपाल आएका हुन् ।
यही सिरिजका बलिउडका कलाकार केके मेनन भने शुक्रबार नेपाल आएका थिए । शनिबार देखिनै वसन्तपुर आसपासका स्थानमा छायाङ्कन भएको वेब सिरिजको आज मंगलबारबाट नेपाल छायाङ्कन सकिएको युनिटका सदस्य दिलिप पनतले बताए ।

सिरिजको वसन्तपुर क्षेत्रमा एक्सन, भाग दौडलगायतका दृश्यहरु छायाङ्कन गरिएको छ । उनीहरूको सुटिङ हेर्न दैनिक सर्वसाधारणको बाक्लो भिड समेत लाग्ने गरेको थियो । सुटिङका क्रममा विजय र केकेले नेपाली फ्यानसँग फोटो समेत खिचाएका छन् । सर्वसाधारणले उनीहरूसँग खिचाएको तस्बिर अहिले सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ । सिरिज छायाङ्कनका लागि नेपाल आएका विजय सेतुपाथी र केके मनन भोलि भारत फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण