भियाग्राको चक्की अल्जाइमरमा पनि उपयोगी
भियाग्राको चक्की अल्जाइमर रोगविरुद्ध एक उपयोगी उपचार हुनसक्ने अमेरिकी शोधकर्ताको भनाई छ । अनुसन्धानकर्ता मस्तिष्कमा भियाग्राको प्रभावबारे अध्ययन गरिरहेका छन् । कोसिकामाथि भएको परीक्षण अनुसार भियाग्राको चक्कीले केही यस्ता प्रोटिनलाई टार्गेट गर्छ जुन डिमेन्सियाका बेला मस्तिष्कमा जम्मा भएर बस्ने गर्छ । अमेरिकी राज्य ओहियोस्थित क्लिवल्याण्डको समूहले ७० लाख भियाग्रा सेवन गर्ने बिरामीको डाटाको विश्लेषण गरेका थिए । ती पुरुषहरुलाई अल्जाइमरको खतरा कम थियो । नेचर एजिङ जर्नलमा यी शोधकर्ताहरुले यसमाथि थप अध्ययनको आवश्यकता भएको बताएका छन् । विशेषज्ञका अनुसार यस्ता अध्ययन निकै उत्साहवर्धक छ किनभने नयाँ उपचार विकासित गर्ने तुलनामा भइरहकै औषधीकामे प्रयोग सहज र सस्तो हुनेछ ।
मूल रुपमा भियाग्रालाई मुटुमा रगतको प्रवाहमा सुधार ल्याउनका लागि विकसित गरिएको थियो । पछि डाक्टरले यो चक्कीले लिङ्गका धमनीसहित शरीरका अन्य स्थानमा पनि प्रभाव पारिरहेको पत्ता लगाए । पछि यसलाई यौन जीवनमा समस्या भोगिरहेकाहरुका लागि प्रयोग गरियो । यद्यपि, जानकारका अनुसार यो औषधीका अन्य प्रयोग पनि छन् । यसलाई पहिले नै पुरुष र महिलामा पल्मनरी हाइपरटेन्सनमा पनि प्रयोग गरिन्छ । अब शोधकर्तालाई लाग्छ कि यो औषधी अल्जाइमरमा पनि काम गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण