इ–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ ।
रातोपाटीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले भनिन् ‘५० हजारभन्दा धेरैले राष्ट्रिय परिचयपत्रको बनाउनका लागि विवरण सकेका छन् ।’ राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिवार्य चाहिन्छ । विवाहितको हकमा श्रीमान् वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण