प्रहरी हवल्दारमाथि रड प्रहार गर्ने पक्राउ
बिहीबार, २३ मङ्सिर २०७८, १३ : ०२
ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी हवल्दारलाई मापसे गरेका युवकले रडले हिर्काएका छन् । गएराति शंखमुलस्थित ग्रिल कारखानामा मापसे गरेर हल्ला गरिरहेको समूहलाई हवल्दार क्षेत्रबहादुर कार्कीले ‘हल्ला नगर्नु’ भनेर सम्झाएका थिए ।
सम्झाएर फर्कन लाग्दा हवल्दार कार्कीलाई ग्रिल कारखानामा कार्यरत बिक्रम माझीले पछाडिबाट रडले हिर्काएका हुन् । सिन्धुली घर भएका माझीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।
हवल्दार कार्कीको निधार र टाउकोमा चोट लागेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दरबन्दी भएका उनी मंगलबजार प्रभागमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण