शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : १८
शुक्रबार, २४ मङ्सिर २०७८

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताएका छन् ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । 

प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः १० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।  –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप