इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो
इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताएका छन् ।
गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।
प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः १० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण