बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा चोरी

शुक्रबार, २४ मङ्सिर २०७८, १६ : ५५
शुक्रबार, २४ मङ्सिर २०७८

बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् । 

सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको र त्यहाँ कसैलाई जान दिइएको छैन । हालसम्म यसको विस्तृत जानकारी आइनसकेको रेग्मीले बताए ।

लुटपाटबाट के कति क्षति  भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेराबन्दी गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बेलायतका विभिन्न क्षेत्रमा नेपालीका घरमा पनि बारम्बार गरगहना चोरी हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप