बेलायतमा नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा चोरी
बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो । स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् ।
सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको र त्यहाँ कसैलाई जान दिइएको छैन । हालसम्म यसको विस्तृत जानकारी आइनसकेको रेग्मीले बताए ।
लुटपाटबाट के कति क्षति भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेराबन्दी गरेको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । बेलायतका विभिन्न क्षेत्रमा नेपालीका घरमा पनि बारम्बार गरगहना चोरी हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण