नेपाल र अमेरिकामा विशेष प्रदर्शन हुँदै ‘फिच्यो’
फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ’ निर्देशक विकासले भने, ‘फिल्मको रिलिज माहोल बन्न नसकेकोले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’
फिल्म नेपाली, अङ्ग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासकाअनुसार गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो । विषेश प्रदर्शनमा सबैलाई सहभागी हुन विकासले अनुरोध समेत गरेका छन् ।
फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।
गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायाङ्कन भएको छ । विषयवस्तु र कथा–पात्र सुष्मरुपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले फिल्म आम नेपाली सबैको रूचिलाई ध्यानमा राखेर निर्माण भएको बताए ।
रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको फिल्म निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश)का छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ । फिल्म नृत्य गोरे गुरुङको रहेको छ ।
शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण