माओवादी बागमती प्रदेश अधिवेशन : तीन नेता अध्यक्ष बन्ने होडमा !
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि तीन नेता मुख्य दौडमा रहेका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री प्रदेश अध्यक्षको बन्ने दौडमा रहेका हुन् । उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीव्र लबिङ गर्दै आएका छन् । माओवादीमा सहमतिबाट नै नेतृत्व चयन गरिने हुँदा उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन लबिङ थालेका हुन् ।
प्रदेशसभा सदस्य समेत समेत रहेका खड्का तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । पार्टीमा योगदानको मूल्यांकन गर्दै युवा पुस्ता समेत भएकाले आफूलाई अवसर दिनुपर्ने पक्षमा खड्का देखिएका छन् । यस्तै काभ्रेका पुराना नेता गौतम पनि उत्तिकै सशक्त दावेदार रहेका छन् । केन्द्रीय नेताहरुसम्म राम्रो पहुँच हुनुका साथै नेता कार्यकर्तामा राम्रो भिजेका उनी पनि उत्तिकै सशक्त दावेदार रहेका छन् ।
जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । माओवादीको शनिबार देशभर एकसाथ प्रदेश अधिवेशन उद्घाटन हुने कार्यक्रमअनुसार बागमती प्रदेशको पनि काठमाडौंका एक पार्टी प्यालेसमा अधिवेशन हुने तय भएको छ । प्रदेश अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण