बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी बागमती प्रदेश अधिवेशन : तीन नेता अध्यक्ष बन्ने होडमा !

शनिबार, २५ मङ्सिर २०७८, १३ : २८
शनिबार, २५ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि तीन नेता मुख्य दौडमा रहेका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम र सिन्धुपाल्चोकका सरल सहयात्री प्रदेश अध्यक्षको बन्ने दौडमा रहेका हुन् । उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीव्र लबिङ गर्दै आएका छन् । माओवादीमा सहमतिबाट नै नेतृत्व चयन गरिने हुँदा उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन लबिङ थालेका हुन् । 

प्रदेशसभा सदस्य समेत समेत रहेका खड्का तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् । पार्टीमा योगदानको मूल्यांकन गर्दै युवा पुस्ता समेत भएकाले आफूलाई अवसर दिनुपर्ने पक्षमा खड्का देखिएका छन् ।  यस्तै काभ्रेका पुराना नेता गौतम पनि उत्तिकै सशक्त दावेदार रहेका छन् ।  केन्द्रीय नेताहरुसम्म राम्रो पहुँच हुनुका साथै नेता कार्यकर्तामा राम्रो भिजेका उनी पनि उत्तिकै सशक्त दावेदार रहेका छन् । 

जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । माओवादीको शनिबार देशभर एकसाथ प्रदेश अधिवेशन उद्घाटन हुने कार्यक्रमअनुसार बागमती प्रदेशको पनि काठमाडौंका एक पार्टी प्यालेसमा अधिवेशन हुने तय भएको छ । प्रदेश अधिवेशनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप