शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा

आइतबार, २६ मङ्सिर २०७८, ०८ : २४
आइतबार, २६ मङ्सिर २०७८

अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्स सिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ ।​ नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र  माइक फ्लानागनको निर्देशनमा बनाउने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रका १५ जना अभिनेताहरूमा सापकोटा पनि परेका हुन् ।

यता सापकोटाका पिता डा सञ्जीव सापकोटाले आफ्नो छोराले एडगर एलान पोले लेखेको कथामा आधारित फल अफ द हाउस असरमा अभिनय गर्न पाएकोमा सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।​ सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट क्लब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२  मा प्रदर्शन हुने पनि सापकोटाले बताए । सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित विश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप