नेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा
अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्स सिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ । नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र माइक फ्लानागनको निर्देशनमा बनाउने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रका १५ जना अभिनेताहरूमा सापकोटा पनि परेका हुन् ।
यता सापकोटाका पिता डा सञ्जीव सापकोटाले आफ्नो छोराले एडगर एलान पोले लेखेको कथामा आधारित फल अफ द हाउस असरमा अभिनय गर्न पाएकोमा सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट क्लब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२ मा प्रदर्शन हुने पनि सापकोटाले बताए । सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित विश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण