‘चपली हाइट ३’ हेर्न बालबालिकालाई अभिभावक चाहिने
आइतबार, २६ मङ्सिर २०७८, ११ : ०१
फिल्म ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘पीजी’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । फिल्म अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अर्जुनकुमारले निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर जनरामा निर्माण भएको हो ।
स्वस्तिमा खड्का,आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्ममा दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय फिल्ममा देख्न सकिन्छ ।
कथा तथा संवाद आकाश बरालको रहेको फिल्ममा ‘स्टेशन फाइभ’ ले उपत्यका र ‘एफडी कम्पनी’ ले उपत्यका बाहिर वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण