प्रशिक्षणमा मिस मंगोलका २२ प्रतियोगी
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिस मंगोल नेपाल २०२१’ मा २२ प्रतियोगी अन्तिम स्पर्धामा भिड्ने भएका हुन् । देशभरका १३ जिल्लाका छानिएका यी प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ ।
मिस मंगोलको यस संस्करणमा पासाङ डोल्मा शेर्पा (सिन्धुपाल्चोक), चन्द्र सारुमगर (रौतहट), पासाङ ल्हमु शेर्पा (काठमाडौं), विभिषिका श्रेष्ठ (ललितपुर), गीता लिम्बु (मोरङ), प्रमिला तामाङ (काभ्रे), रेजिना राई (मोरङ), वर्षा रञ्जित (काठमाडौं), समिता वज्राचार्य (ललितपुर), सान्त्वना राई (खोटाङ), स्नेहा खड्गी (काठमाडौं), प्रिया लिम्बु मादेन (ताप्लेजुङ) रहेका छन् ।
त्यसैगरी शान्ता योङहाङ (पाँचथर), कुसुम राई (ओखलढुंगा), छिरिङडोल्मा तामाङ (रामेछाप), करुणा तामाङ (नुवाकोट), एन्जिला रञ्जित (काठमाडौं), सजिना तामाङ (काठमाडौं), प्रिया राई (सुनसरी), साङडोमा ह्योल्मो (काठमाडौं), एप्रिला घिसिङ (काठमाडौं) र प्रधिका महर्जन (काठमाडौं) अन्तिम प्रतिस्पर्धाका लागि जुटेका छन् ।
संस्कृति र प्रतिभाको सम्मानका रूपमा लिइएको यस प्रतियोगितामा मंगोल समुदायका प्रतिभावान युवतीको आकर्षण बढ्दो छ । डाक्टर, पाइलट, इन्जिनियर, लेक्चररदेखि विभिन्न क्षेत्रमा स्थापित युवतीहरूसमेत मिस मंगोलमा सहभागी हुने गरेका छन् ।
‘मिस मंगोललाई सौन्दर्य प्रतियोगिताभन्दा पनि सांस्कृतिक अभियानका रूपमा स्थापित गरेका छौं’, आयोजक एक्सन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक चन्दा घिसिङले भनिन्, ‘प्रतिभा प्रदर्शन र करियर ओरियन्टेड इभेन्ट भएकाले प्रतिभावान् युवतीका लागि आकर्षण बनेको छ ।’
रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजन रहेको यो प्रतियोगिता सन् २०१९ देखि संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट एक एकजना विजेता र सबैबाट मिस मंगोल नेपाल र फस्ट एवं सेकेन्ड रनरअप छनोट हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण