एक सय अंक ओरालो लागेको नेप्से अन्तिममा सम्हालियो
१०१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्तिममा सम्हालिएको छ । साढे २ घन्टापछि अर्थात साढे १ बजे नेप्सेमा १०१ अंकको गिरावट आएको थियो । त्यसपछि, परिसूचक केही सम्हालिँदै ७९ अंकमा आएर रोकिएको हो ।
उक्त अंकको गिरावटसँगै परिसूचक २२ सय ८२ अंकमा आइपुगेको छ । यसक्रममा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९६ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको पहिरो आएको दिन आज सबै समूह घटेका छन् । निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ५४५ अंकको गिरावट आएको छ भने जीवन बीमा समूहमा ४२५ अंकको गिरावट आएको छ ।
यसका साथै, विकास बैंक समूहमा २११ अंकको, लघुवित्त समूहमा १८७ अंकको, उत्पादनमूलक समूहमा १७१ अंकको र जलविद्युत समूहमा १०५ अंकको गिरावट आएको छ । बजार घटे पनि आज गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ६६ रुपैयाँ नाफा कमाएका छन् । कम्पनीको सेयर ९.४७ प्रतिशतले बढेसँगै सबैभन्दा बढी नाफा कमाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा
-
कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ