एक सय अंक ओरालो लागेको नेप्से अन्तिममा सम्हालियो
१०१ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अन्तिममा सम्हालिएको छ । साढे २ घन्टापछि अर्थात साढे १ बजे नेप्सेमा १०१ अंकको गिरावट आएको थियो । त्यसपछि, परिसूचक केही सम्हालिँदै ७९ अंकमा आएर रोकिएको हो ।
उक्त अंकको गिरावटसँगै परिसूचक २२ सय ८२ अंकमा आइपुगेको छ । यसक्रममा तीन अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९६ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको पहिरो आएको दिन आज सबै समूह घटेका छन् । निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ५४५ अंकको गिरावट आएको छ भने जीवन बीमा समूहमा ४२५ अंकको गिरावट आएको छ ।
यसका साथै, विकास बैंक समूहमा २११ अंकको, लघुवित्त समूहमा १८७ अंकको, उत्पादनमूलक समूहमा १७१ अंकको र जलविद्युत समूहमा १०५ अंकको गिरावट आएको छ । बजार घटे पनि आज गुर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ६६ रुपैयाँ नाफा कमाएका छन् । कम्पनीको सेयर ९.४७ प्रतिशतले बढेसँगै सबैभन्दा बढी नाफा कमाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण