शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूको मोबाइल एप लन्च, अब एपबाटै सबै काम

सोमबार, २७ मङ्सिर २०७८, २१ : ०५
सोमबार, २७ मङ्सिर २०७८

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिविधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो । मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झण्डा, प्रचारप्रसारजनक सामाग्री, गतिबिधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईको उपस्थिति थियो । अनेरास्ववियूका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लन्च गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेको अनेरास्ववियूका उप(महासचिव अशोक थापाले जानकारी दिए । डिजिटल जमानामा संगठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिनमात्र नभएको र अब विस्तारै हात हातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचित कदम भएको उनको तर्क थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप