सभामुख नसच्चिएसम्म संसद बैठकमा एमालेले नाराबाजी जारी राख्ने
सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई निरन्तरता दिने भएको छ । मंगलबार संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘हामीले पहिलेदेखि जसरी नाराबाजी गर्दै आएका थियौ, त्यसलाई निरन्तरता दिने कुरा भयो ।’
बैठकमा अध्यक्ष ओलीले सभामुखको कार्यशैलीको चर्को विरोध गरेका थिए । ‘सभामुखले पार्टीलाई विभेद गर्नुभएको छ । यो अन्याय एमालेले सहनुहुँदैन, सोही कारण हामीले प्रतिवाद गरेका हौ । कुनैपनि हालतमा सभामुख सच्चिनुपर्छ’, अध्यक्ष ओलीको भनाई उदृत गर्दै भट्टराईले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण