युरोपले सुरु गर्यो बालबालिकाका लागि कोभिड खोप अभियान
धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका हुन्न । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँचदेखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो ।
संयुक्तराज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँचदेखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।
बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्वीटजरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरू बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण