सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपले सुरु गर्‍यो बालबालिकाका लागि कोभिड खोप अभियान

बुधबार, २९ मङ्सिर २०७८, १४ : ५६
बुधबार, २९ मङ्सिर २०७८

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका हुन्न  । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर–बायोटेक शटलाई पाँचदेखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो । 

संयुक्तराज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँचदेखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ ।

बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ । स्वीटजरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरू बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ ।  तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतमा अझै पनि ५–११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप