धनगढी उपमहानगरले कोभिडका कारण आमाबाबु गुमाएका विद्यार्थीलाई सन्ततिवृत्ति उपलब्ध गराउने
धनगढी उपमहानगरपालिकाले कोभिडका कारण आमाबाबु गुमाएका विद्यार्थीलाई सन्ततिवृत्ति बापत रकम दिने भएको छ । यसका लागि ५ लाख रुपैयाँ बजेट निकासा भएको जनाइएको छ । यस सम्बन्धमा सूचना जारी गर्ने तयारी भइरहेको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद महाशाखा उपसचिव नरेन्द्रबहादुर खातीले रातोपाटीलाई जानकारी दिए । उनले रकम वितरण गर्दा निश्चित मापदण्ड बनाइने पनि बताए ।
आमाबाबु वा संरक्षक व्यक्तिको कोभिडका कारण मृत्यु भएको छ भने त्यस्तो विद्यार्थीलाई उपमहानगरपालिकाले सन्नतिवृत्तिबापत रकम दिने भएको हो । त्यस्तै, धनगढी उपमहानगरपालिकास्थित दक्षिणकाली बहिरा आवासीय विद्यालयका विद्यार्थीलाई वार्षिक प्रतिव्यक्ति ४० हजारका दरले छात्रवृत्ति दिने गरेको उनले बताए ।
उपमहानगरपालिकाले मुक्त कम्लरीका सन्तानका रुपमा रहेका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । १ देखि ८ कक्षासम्म अध्ययनरत त्यस्ता विद्यार्थीलाई १५ सय, ९ देखि १० कक्षा सम्मकालाई १८००, उच्च मावि तहकालाई ५ हजार र क्याम्पस तह अध्ययनरत मुक्तकम्लरीका विद्यार्थीलाई १० हजारका दरले छात्रवृत्ति दिने खातीले जनाए ।
धनगढी उपमहानगरपालिकाका अनुसार अपाङ्गता गैरआवासीय छात्रवृत्ति पनि उपलब्ध गराइने छ । अरुका सहायताले आउने विद्यार्थीका लागि वार्षिक ५ हजारका दरले, अपाङ्गता भए पनि यातायातको साधनमा आउनेलाई वार्षिक ३ हजार र कान नसुन्ने विद्यार्थीका लागि वार्षिक १ हजारका दरले छात्रवृत्ति वितरण गरिने उपसचिव खातीले बताए ।
गत वर्ष पालिकाले १ देखि १० कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यक्रम वितरण गरेको थियो भने यो वर्ष १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यक्रम वितरण गरिने जनाइएको छ । धनगढी उपमहानगरपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या २५ हजार २२ छ भने संस्थागत विद्यालयमा ४५ हजार ७९४ रहेको अनुमान गरिएको खातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण