कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो
कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो ।
कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत जाने नेपालीको संख्यामा कमी नआएको त्रिनगर भन्सार नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले रातोपाटीलाई बताए । त्रिनगर भन्सार नाकाबाट एक हप्ता यता ११ हजार ५३३ जना नेपाली भारततर्फ गएको उनले बताए ।
यो अवधिमा बालबालिका १ हजार ३ सय, महिला २ हजार ६ सय र पुरुष ७ हजार ६ सय ३३ जना नेपाली भारत गएको उनको भनाइ छ । भारतबाट आउने नेपालीको संख्यामा भने कमी आएको छ । एक हप्ता यता भारतबाट नेपाल आउनेको संख्या ४ हजार ५६८ रहेको उनले बताए ।

इन्चार्ज ठकुल्लाका अनुसार पुरुष २ हजार ७३२, महिला १ हजार १८१ र बालबालिका ६५३ जना यो अवधिमा घर फर्किएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेसँगै नाकामा भने कडाइ गरिएको उनले बताए । भारतबाट घर फर्कनेलाई चेकजाँच गर्ने र कोरोना सुई लगाएको छैन भने नाकाको हेल्थ डेस्कबाटै खोप लगाएर घर पठाउने गरेको उनको भनाइ छ ।
भारतीय नागरिकको हक मा भने कोभिड खोप लगाएको कागज छैन भने फिर्ता पठाइदिने गरेको ठकुल्लाले बताए । उनले नाकामा सबैको एन्टिजेन परीक्षण गर्न थालिएको र कुनै व्यक्तिमा कोरोना पोजेटिभ देखिएमा पीसीआर स्वाब पनि संकलन गर्ने गरेको उनले बताए । अहिले नाकामै हरेक व्यक्तिको एचआईभी, क्षयरोग, डेंगो जस्ता रोगको पनि चेकजाँच गर्न थालिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण