गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २२६ नामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १६ महिला र ४ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की १०, स्याङजा ५, नवलपरासी पूर्व ३ र पर्वतमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार २६१ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२५ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ६५२ पुगेको छ भने होम आइसोलेसनमा १६० जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १८४ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण