भालुको आक्रमणमा परी घाँस काट्न गएकी युवती गम्भीर घाइते
मङ्गलबार, ०६ पुस २०७८, १० : ५०
जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुन् ।
बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पु¥याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट करिब ५० मिटर तल खसेकाले थप चोट पुगेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण