२२ औं तलाबाट खसेर चर्चित नायिकाको मृत्यु, हत्या वा आत्महत्यामाथि चर्चा
जापानकी चर्चित नायिका सयाका कान्डाको २२ तलबाट खसेर मृत्यु भएको छ । सयाका होक्काइडो द्वीपको एउटा होटलमा बसेकी थिइन् । यसै होटलको २२ औं तलबाट स्थित एउटा कोठाबाट खसेपछि उनको मृत्यु भएको हो ।
नायिकाको निधनले उनका प्रशंसकमा शोकको लहर छाएको छ । सयाका कान्डा ३५ वर्षकी थिइन् । १८ डिसेम्बर राती माथिबाट खसेपछि रगताम्मे अवस्थामा सयाका होटलको बाहिरी इलाकामा भेटिएकी थिइन् ।
रिपोर्टका अनुसार सयाका कोठाको होटलको २२ औं तलमा थिइन् । उनी त्यहिँ माथिबाट खसेकी थिइन् जसका कारण उनको मृत्यु भयो । उनलाई तत्काल अस्पताल पुर्याएपनि बचाउन भने सकिएन ।
स्थानीय समाचार एजेनसीले उनको मृत्युको पुष्टि गरेको छ । एजेन्सीले एउटा बयान जारी गरेर नायिका सयाका दुर्घटनाको शिकार भएको र उनी अब हामीबीच नरहेको जानकारी दियो ।
को हुन् सयाका कान्डा ?
सयाका एक जापानी नायिका तथा गायिका थिइन् । उनी अभिनेत्री मसाकी कान्डा र पप गायक सिको मात्सुडाकी एक्ली सन्तान थिइन् । सयाकालाई डिज्नीको फ्रोजन फिल्म सिरिजमा अन्नाको पात्रलाई जापानीमा डब गर्नका पनि पहिचान गरिन्छ ।
हाल प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिसकेको छ । हाल यो मामिलालाई सम्भावित आत्महत्या मानेर अनुसन्धान गरिँदै छ । यद्यपि, कुनै षड्यन्त्रको अस्वीकार पनि गर्न सकिँदैन । उता सयाकाका आफन्त र प्रशंसक उनले आत्महत्या गर्न सक्छिन् भनेर विश्वास नै गर्न नसकिने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
-
अव्यवस्थित तार हटाउने कार्य : दुई मन्त्रीको संयुक्त अनुगमन, समयसीमाभित्र काम नसके कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण