पूर्व सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा एक पुरुष पक्राउ
अवकाश प्राप्त सैनिकलाई सोमालिया लगेर बिचल्ली बनाएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एकजनालाई पक्राउ गरेको छ । भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका–३ घर भएका ४२ वर्षीय कविराज कटुवाललाई पक्राउ गरिएको ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् ।
कटुवालले मालबाहक पानी जहाजमा ‘मासिक ९ सय अमेरिकी डलर तलब हुन्छ’ भनेर पूर्व सैनिकलाई २०७८ वैशाख १२ मा दुबई लगेका थिए । दुवईबाट राहदानी नियन्त्रणमा लिएर उनलाई सोमालियास्थित समुद्रमा पुर्याएर माछा मार्ने पानी जहाजमा सुरक्षा गार्डको काममा लगाएको पीडितकी पत्नीले प्रहरीलाई बताएकी छिन् ।
सोमालिया नजिक हिन्द महासागरमा खुट्टा सुन्निने र श्वासप्रश्वाससम्बन्धी बिरामी भएर काम गर्न नसक्दा उपचार नपाएर पूर्व सैनिकको मृत्यु भएको थियो । २०७८ असोज २ मा पतिको मृत्यु भएको र नेपालमा शव ल्याउन पहल गरिदिन आग्रह गर्दा कटुवालले ४० लाख रुपैयाँ मागेका थिए ।
कटुवाललाई मंसिर १६ मा पक्रेर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन–२०६४ अनुसार अनुसन्धान भइरहेको एसएसपी सिंहले बताइन् । अहिले मध्यपुर थिमी नगरपालिकामा घर बनाएर बस्न थालेका कटुवाल इटहरीका स्थानीय हुन् । माछा मार्ने मलेसियन कम्पनीमा पूर्व सैनिकले मासिक ७ सय डलर तलबमा रोजगारी पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण