दर्जनौं विद्यार्थी नेता अनेरास्ववियूमा प्रवेश
अनेरास्ववियू केन्द्रिय कमिटिले बिहीबार विशेष भेला आयोजना गरेको छ । थापाथली क्याम्पसमा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले संगठन प्रवेश कार्यक्रम तथा भेला आयोजना गरेको हो ।
भेलाको अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गरेका थिए भने प्रमुख अतिथि नेकपा ऐकिकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईले थिए ।
सो अवसरमा नेकपा एमाले निकट अनेरास्ववियुका सचिवालय सदस्य आर्जन वाग्ले सहित अनेरास्ववियु थापाथली क्याम्पसका क्यापस कमिटिका सदस्यहरू, नेविसं तथा अखिल क्रान्तिकारी परित्याग गरि दर्जनौं विद्यार्थी नेता अनेरास्ववियूमा प्रवेश गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले भने, “अब मण्डले प्रवृत्ती भएका विद्यार्थी संगठन हुँ र नेता हु भन्ने संगठनहरुलाई आम विद्यार्थीहरुले लात हान्नेछन् । हामीप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।” उनले आफ्ना विद्यार्थी नेता कार्यकर्तालाई विद्यार्थीको एजेन्डामा रही विद्यार्थीको हरेक पक्षका हीत हुने काम गर्न अनुरोध गरे ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि रामकुमार भट्टराईले विद्यार्थी संगठनलाई विद्यार्थीको मुद्दाबाट पर बस्ने छुट नभएको बताए । “अनेरास्ववियूलाई त झन् छँदै छैन,” उनले भने “आम विद्यार्थीको मन मनमा बस्न जरुरी छ । हरेक शैक्षिक संस्थामा अनेरास्ववियूको कमिटि निर्माण गरि विद्यार्थीका हरेक मुद्दा, शैक्षिक मुद्दालाई प्रमुख एजेन्डा बनाएर अघि बढ्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण